सोमबार, असार १६, २०८२

२ बजेसम्मका लागि शिक्षा समिति बैठक स्थगित

नेपालखोज २०८२ असार १६ गते ११:४४

काठमाडौँ । शिक्षा समिति बैठक स्थगित भएको छ । विद्यालय शिक्षा विधेयकमा थप छलफल गर्न शिक्षा मन्त्रालयले समय माग गरेपछि दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

विधेयकलाई अन्तिम रूप दिन आज बिहान ८ बजे बैठक बोलाएको थियो । तर, विधेयकमा सहमति जुटेका कतिपय विषयहरूमा समेत नेपाल शिक्षक महासंघले अहसमति जनाएपछि शिक्षा मन्त्रालयले थप समय माग गरेको थियो ।

शिक्षामन्त्री रघुजी पन्तले महासंघससँग थप छलफल गर्न समय मागेका थिए । महासंघसँग छलफल गरेपछि दिउँसो २ बजे समिति बैठक बस्ने भएको हो ।

प्रतिक्रिया