मंगलबार, असार १७, २०८२

सर्वोच्चमा सिफारिस न्यायाधीश र न्यायपरिषद् सदस्यको सुनुवाइ सकियो

नेपालखोज २०८२ असार १६ गते १५:३५

काठमाडाैं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको सुनुवाइ सम्पन्न गरेको छ । यस्तै न्यायपरिषद्का एक सदस्यको पनि सुनुवाइ सकिएको छ ।

समितिको आज सिंहदरबारमा भएको बैठकले प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्य महेश नेपालको सुनुवाइ गरेको हो । समितिले आइतबार सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको सुनुवाइ गरेको थियो ।

प्रस्तावित न्यायाधीश पदका तीन सदस्य र न्याय परिषद्को प्रस्तावित एक सदस्यसहित चारै जनाको सुनवाइ सम्पन्न भएको र निर्णयभने अर्को बैठकबाट हुने समितिका सहसचवि निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिए ।

सुनुवाइ क्रममा प्रस्तावित न्यायाधीशहरूले योग्यता, क्षमता, रुची, सोच र अवधारणा प्रस्तुत गरेका थिए । उनीहरूले संविधान, कानुनको सीमाभित्र रहेर निष्पक्ष रूपमा न्याय सम्पादन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै न्याय परिषद्का सदस्यले आफ्नो योग्यता, कार्यक्षमता, सोच र अवधारणा प्रस्तुत गर्दै संविधान र कानुनको सीमाभित्र रहेर न्यायसम्पादन गरिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया