मंगलबार, असार १७, २०८२

९ अंकले बढ्दा ६ अर्ब ३८ करोडको शेयर कारोबार

नेपालखोज २०८२ असार १६ गते १५:५१

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पनि ९ दशमलव १९ अंकले बढेर २६ सय ३१ दशमलव ४८ अंकमा पुगेको छ ।

नेप्सेमा आज ३१८ वटा कम्पनीहरुको ६३ हजार ३७१ पटकको कारोबारमा एक करोड ४१ लाख ७२ हजार पाँच सय ३५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब ३८ करोड ७२ लाख सात हजार १५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा चार वटा समूहहरुको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये फाइनान्स समूहको सूचक १ दशमलव ४० अंकले घटेर २३ सय ३१ दशमलव सात अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक १० दशमलव १३ अंकले घटेर ३५ सय ६१ दशमलव ४९ अंकमा झरेको छ ।

यसैगारी होटल तथा पर्यटन र अन्य उपसमूहको सूचक पनि क्रमशः २ दशमलव ३० र ८ दशमलव ३१ अंकले घटेका छन् । यि बाहेक वाणिज्य बैंक समूहको सूचक ५ दशमलव १९ अंकले बढेर १ हजार ३६४ दशमलव ६४ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक ३८ दशमलव ७८ अंकले बढेर ५४ सय २१ अंकमा पुगेको छ ।

जीवन बिमा समूहको सूचक १०४ दशमलव २८ अंकले बढेर १२ हजार ६६८ दशमलव ८६ अंकमा चढेकोमा निर्जीवन बीमा समूहको सूचक पनि ७३ दशमलव ४४ अंकले बढेर १२ हजार पाँच दशमलव १३ अंकमा चढेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राप्ती हाईड्रो एण्ड जनरल कन्सट्रक्सन प्राली परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा पञ्चकन्यामाई हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा भने सहास ऊर्जा लिमिटेड परेको छ ।

प्रतिक्रिया