मंगलबार, असार १७, २०८२

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

नेपालखोज २०८२ असार १६ गते १८:४९

महेन्द्रनगर(धनुषा) । धनुषामा दुई दिवसीय आँप मेला आज सम्पन्न भएको छ । यहाँको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा स्थानीय आँपको प्रवर्द्धन, बजारीकरण तथा पर्यटन विकास गर्ने उद्देश्यले ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ आयोजना गरिएको थियो ।

दुई दिनमा करिब २० हजारभन्दा बढी मानिसले अवलोकन गरेका र रु १० लाखभन्दा बढी कारोबार भएको चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डका संयोजक प्रदीप महतोले जानकारी दिए ।

‘मधेसको मिठास, चित्रपुरको आँप’ भन्ने नारासहित आयोजित मेलामा ४० भन्दाबढी जातका आँपहरू तथा आँपबाट बनेका विभिन्न परिकार प्रदर्शन गरिएका थिए ।

महोत्सवमा विद्यालयका विद्यार्थीका लागि विभिन्न जातका आँप चिनाउने, आँपसँग सम्बन्धित ज्ञानमूलक कार्यक्रम, कृषिविज्ञसँग अन्तरक्रिया तथा सांस्कृतिक प्रस्तुतीसमेत गएिका थिए । यसअघि मेलाको उद्घाटन मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले गरेका थिए ।

मेलामा विभिन्न थरिका आँप, अचार, अमोट, आमिल, जुस प्रदर्शनसँगै विक्रीवितरणसमेत गरिएको बोर्डका सदस्य फुलगेन महतो मगहीले जानकारी दिए ।

तीन सय विघाहभन्दा बढी क्षेत्रफलमा फैलिएको चित्रपुर आँप बगैँचामा गत वर्षदेखि किसान मिलेर आँपको प्रवद्र्धनसँगै बजारीकरणका लागि मेला आयोजना गर्दै आएका छन् । -रासस

प्रतिक्रिया