पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्याे, कति पुग्याे भाउ ?
नेपालखोज
२०८२ असार १६ गते २२:०९

काठमाडौं । इन्धनको मूल्य बढेकाे छ । नेपाल आयल निगमले मंगलबार बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाइएको हाे ।
पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढेकाे निगमले जनाएको छ ।
त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले बढाइएको छ ।
भारतबाट इन्धनको मूल्य बढेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया