तेलंगानाको रासायनिक कारखाना विस्फोट, ३४ जनाको मृत्यु
नेपालखोज
२०८२ असार १७ गते ११:०६

काठमाडौं । भारतको तेलंगानास्थित संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा रहेको रिएक्टरमा विस्फोट हुँदा भएको ठूलो आगलागीमा ३४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासनले सिगाची रसायन कारखानामा भएको दुर्घटनामा चार जनाको पहिचान भइसकेको र बाँकी २३ जनाको पहिचान गर्ने प्रयास भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।
दुर्घटनामा ३५ जना घाइते भएका छन् । सबैको उपचार भइरहेको छ । जिल्ला प्रशासनले दुर्घटनामा २४ जना अझै बेपत्ता रहेको र सबैको खोजी जारी रहेको बताएको छ । यसबाहेक ५७ जना सकुशल फेला परेका छन् ।
सम्बन्धित
प्रतिक्रिया