वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा तयार
नेपालखोज
२०८२ असार १७ गते १९:१४

काठमाडौं । वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीतिको मस्यौदा २०८२ तयार भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सरोकारवालाबीच मस्यौदामाथि थप छलफल गरेको छ ।
प्राधिकारणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले उक्त छलफलमा सरोकारवालाले दिएका सुझावलाई समावेश गरेर मस्यौदालाई अन्तिम रूप दिने बताए ।
यसैगरी वनविद् विजयराज पौडेलले डढेलाले बर्सेनि मानवीय क्षति मात्रै नभएर आर्थिक क्षति पनि बढाउन थालेको भन्दै वन डढेलाको क्षतिको आर्थिक सर्वेक्षण गर्नुपर्ने सुझाव आएको बताए ।
‘वन डढेलो नियन्त्रणका लागि समुदायमा सचेतना बढाउन आवश्यक छ, यसका साथै पीडितको पुनःस्थापपना पनि जरुरी छ,’ उनले भने, ‘रणनीति कार्यान्वयनका लागि पाँच वर्षमा करिब १२ अर्ब ८५ करोड लागत लाग्ने अनुमान छ ।’ -रासस
सम्बन्धित
प्रतिक्रिया