बिहीबार, असार १९, २०८२

सातै प्रदेशका प्रदेश प्रमुख र राष्ट्रपति पौडेलबीच भेटवार्ता

नेपालखोज २०८२ असार १८ गते ११:५९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सात वटै प्रदेशका प्रमुखले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा सात वटै प्रदेशका प्रदेश प्रमुखहरूले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

हाल कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ रहेका छन् ।

भेटका क्रममा प्रदेश प्रमुखहरूले आफ्नो आफ्नो प्रदेशको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया