बिहीबार, असार १९, २०८२

निजामति विधेयकमा चलखेल गर्नेलाई कारवाही हुनुपर्छ : मन्त्री सिंह

नेपालखोज २०८२ असार १८ गते १२:१३

काठमाडाैं । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामति विधेयकमा चलखेल गर्नेलाई कारवाही हुनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै निजामति विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानविन हुने बताए । छानविनपछि जोसुकै दोषी भएपनि कारवाही हुनुपर्ने उनले बताए ।

सिंहले संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरुले नै संविधानको विरोध गर्नु उचित नभएको धारणा राखे । उनले सरकारको आलोचना गर्ने नेताहरुले आफु सरकारमा बस्दा के गरे भन्ने बिर्सन नहुने उल्लेख गरे ।

त्यस्तै उहाले सरकारको कामकारवाहीलाई जनताले हेरेर बसेको भन्दै जनताका लागि काम गर्न आफुहरु राजनीतिमा आएको बताए ।

प्रतिक्रिया