बिहीबार, असार १९, २०८२

नयाँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्ने प्रतिद्धवता

नेपालखोज २०८२ असार १८ गते १४:१६

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नयाँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्ने प्रतिद्धवता जनाएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा आफ्ना मन्त्रालयमाथिको विनियोजन विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री भण्डारीले स्थानीय तथा प्रदेशको सम्भावनाको पहिचान नयाँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले आगामी आर्थिक वर्ष देखि रोजगारदातालाई दक्ष श्रमिकको उपलव्धताका लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई थप प्रभावकारी तवरले अघि बढाउने बताए ।

त्यस्तै उहाले वैदेशिक रोजगार बोर्डलाई थप सशक्त र प्रभावकारी बनाउन मन्त्रालयले बोर्ड सुधारको प्रतिवेदन प्राप्त गरिसकेको जानकारी दिदै त्यसका अधारमा प्रभावकारी कार्ययोजना निर्माण गर्ने धारणा राखे ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक खोज्ने राष्ट्रिय नीति बमोजिम नयाँ १३ वटा युरोपियन गन्त्व्यहरुसंग श्रम समझदारी गर्न सरकारले प्रस्ताव गरेको उल्लेख गरे ।

प्रतिक्रिया