बिहीबार, असार १९, २०८२

केटिएम हस्पिटालिटीको शेयर बिक्री प्रर्वन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग नियुक्त

नेपालखोज २०८२ असार १८ गते १७:०४

काठमाडौं । केटिएम हस्पिटालिटी लिमिटेडको शेयर बिक्री प्रर्वन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

केटिएम गु्रप होल्डिङ्गस अन्तर्गत संचालित ४५ करोड चुक्ता पुँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी निष्काशन गर्ने १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्नको लागि आरबिबि मर्चेन्ट बिक्री प्रर्वन्धकमा नियुक्त भएको हो ।

सर्वसाधारणमा जारी गर्नको लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

राष्ट्रिय बाणिज्य बैंकको मुख्य कार्यालय, काठमाण्डौमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालको समुपस्थिति मा हस्ताक्षरित सो सम्झौता-पत्रमा केटिएम हस्पिटालिटी लिमिटेडको तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाहर आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

केटिएम हस्पिटालिटी लिमिटेडले फ्रान्सको प्रतिष्ठित अन्तर्राष्ट्रिय लुभ्र होटल्स समूह अन्तर्गतको एक लक्जरीपाँच तारे रिसोर्ट द रोयल ट्युलिप चितवनमा सुरुवात गर्ने तयारीमा रहेको छ । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

प्रतिक्रिया