बिहीबार, असार १९, २०८२

बारामा रहेकाे जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट

नेपालखोज २०८२ असार १८ गते २२:२६

प्रतीकात्मक तस्बिर

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ । प्रहरीका अनुसार बुधबार राति करिब साढे ९ बजे उक्त भट्टीमा विस्फोट भएको हो ।

उक्त भट्टीमा जगदम्बा स्टिल्सले उत्पादनका लागि फलाम पकाउने काम गर्ने गरेकाे थियाे । के कारणले विस्फोट र अन्य के के क्षति भयो भन्नेबारे यकिन हुन बाँकी रहेको प्रहरी कार्यालयका जनाएकाे छ ।

प्रतिक्रिया