बिहीबार, असार १९, २०८२

एकीकृत समाजवादीको सचिवालय बैठक बस्ने

नेपालखोज २०८२ असार १९ गते १०:२४

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक बस्ने भएकाे छ । बैठक केन्द्रीय कार्यालय आलोकनगरमा आज बिहान ११ बस्न लागेकाे हाे ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालमाथि पतञ्जलि जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दा, नेतृ रामकुमारी झाँक्रीमाथि सोधिएको स्पष्टीकरण लगायत समसामयिक राजनीतिबारे छलफल हुनेछ । निजामती विधेयकमा भएको चलखेलबारे समेत छलफल हुने छ ।

आजको बैठकमा महाससिचव घनश्याम भुसाल र सम्मानित नेताले धारणा राखेपछि बैठक आजै सम्पन्न गर्ने तयारी छ ।

प्रतिक्रिया