प्रमुख गार्मेन्ट उत्पादक बङ्गलादेशको आँखा अमेरिकी व्यापार सम्झौतामा

ढाका । विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक बङ्गलादेशले आगामी हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर भन्सार शुल्कहरू लागु हुनुअघि अमेरिकासँग व्यापार सम्झौता गर्ने लक्ष्य राखेको देशको शीर्ष वाणिज्य अधिकारीले बताएका छन् ।
व्यापार घाटा कम गर्न ढाकाले बोइङ विमानहरू खरिद गर्न र अमेरिकी गहुँ, कपास र तेलको आयात बढाउन प्रस्ताव गरिरहेको छ । व्यापार घाटालाई ट्रम्पले आफ्नो ‘मुक्ति दिवस’ घोषणामा पीडादायी कर लगाउने कारणका रूपमा प्रयोग गरेका थिए । हामीले पारस्परिक व्यापार सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएका छौँ, सरकार ‘जित–जितको सम्झौतामा पुग्न आशावादी’ भएको उल्लेख गर्दै महबुबुर रहमानले बुधबार भने ।
रहमानले जुलाई ८ का लागि दुवै देशका अधिकारीहरूबीचको बैठक तय भएको बताए । अमेरिकाले बङ्गलादेशको रेडिमेड गार्मेन्ट निर्यातको २० प्रतिशत हिस्सा ओगटेको छ । कपडा र गार्मेन्ट उत्पादनले बङ्गलादेशमा निर्यातको लगभग ८० प्रतिशत ओगट्छ र गत वर्ष सरकारलाई ढालेको विद्यार्थी नेतृत्वको क्रान्तिमा नराम्ररी प्रभावित भएपछि उद्योग पुनर्निर्माण गरिरहेको छ । ट्रम्पले आफ्नो अप्रिल २ को घोषणामा बङ्गलादेशलाई ३७ प्रतिशत करका साथ प्रहार गरे ।
यो कपास उत्पादनहरूमा पहिले नै राखिएको १६ प्रतिशतभन्दा दोब्बर हो । उनले अन्य विश्वव्यापी व्यापारिक साझेदारहरूसँग गरेजस्तै जुलाई ९ सम्म भन्सार शुल्कहरूको परिचय निलम्बन गरे । यद्यपि आधारभूत १० प्रतिशत भन्सार शुल्क यथावत राखिएको छ । बङ्गलादेश बैंक र राष्ट्रिय राजस्व बोर्डका अनुसार सन् २०२४ मा बङ्गलादेशले अमेरिकामा आठ अर्ब ३६ करोड डलर मूल्यका सामान निर्यात गरेको थियो भने त्यहाँबाट दुई अर्ब २१ करोड डलरको आयात भएको थियो ।
प्रतिक्रिया