एनआरएनएमा फुटको खेल : बद्री केसी समूहविरुद्ध एकताको आह्वान, समानान्तर कमिटी गठनको कडा विरोध
नेपालखोज
२०८२ असार १९ गते १४:२८

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पदाधिकारी तथा अभियन्ताहरूले बद्री केसी समूहले एकताबद्ध रहेका एनसीसीहरूलाई फुटाउने प्रयास गरेको भन्दै यस्ता कार्य रोक्न आह्वान गरेका छन् ।
मङ्गलबार एनआरएनए आइसीसीद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष महेशकुमार श्रेष्ठले एकताको महाधिवेशन, परराष्ट्र मन्त्रालयबाट पत्र प्राप्ति र फैसला कार्यान्वयन निर्देशनालयबाट पत्राचारपछि सङ्घको केन्द्रीय कार्यालयमा प्रवेशमा कुनै अवरोध नहुनुपर्ने बताए ।
उनले भने, ‘महाधिवेशनपछि बद्रीजीलगायत पूर्वअध्यक्षहरूसँग वार्ता भइरहेको छ । वार्ताबाट समाधान निस्कन सक्छ भन्ने आशाले हामीले बलजफ्ती गरेनौँ । वैधानिकताको कुरामा हेमराजजीले विधानको हवाला दिँदै भ्रम फैलाउनुभएको छ ।’
सम्बन्धित
प्रतिक्रिया