शुक्रबार, असार २०, २०८२

कारोबार रकम पनि बढेर ९ अर्ब ६४ करोड नाघ्यो

नेपालखोज २०८२ असार १९ गते १५:३४

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से बढेको छ । नेप्से आज पुन ९ दशमलव १४ अंकले बढेर २७ सय तीन दशमलव ९६ अंकमा पुगेको छ ।

नेप्सेमा आज ३११ वटा कम्पनीको ९६ हजार चार सय ११ पटकको कारोबारमा दुई करोड ४९ लाख ७६ हजार ३३६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार छ सय ८० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा आठ वटा समूहको सूचक बढेर पाँच वटा समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ३८ अंकले बढेर १४ सय दुई दशमलव ७१ अंकमा पुगेकोमा बिकास बैंक समूहको सूचक पनि ६७ दशमलव ६७ अंकले बढेर पाँच हजार ६८१ दशमलव २९ अंकमा पुगेको छ ।

फाइनान्स समूहको सूचक पनि ९७ दशमलव ९० अंकले बढेर २४ सय ८८ दशमलव ७३ अंकमा पुगेकोमा जीवन बिमा समूहको सूचक पनि ३४५ दशमलव ८८ अंकले बढेर १३ हजार पाँच सय २० दशमलव २० अंकमा पुगेको छ ।

निर्जीवन बीमा समुहको सुचक पनि २७९ दशमलव १९ अंकले बढेर १२ हजार ७१५ दशमलव ३८ अंकमा पुगेकोमा उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समूहको सूचक पनि क्रमशः २८ दशमलव १७, शुन्य दशमलव २२ र शुन्य दशमलव ८७ अंकले बढेका छन् ।

जलबिद्युत समूहको सूचक भने आज २१ दशमलव ४९ अंकले घटेर तीन हजार ६०६ दशमलव ५६ अंकमा झरेकोमा होटेल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार समूहको सूचक पनि क्रमशः पाँच दशमलव १९, शुन्य दशमलव ८७, १० दशमलव ७७ र ५४ दशमलव ४६ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा नेपाल फाइनान्स परेको छ भने बढी गुमाउने कम्पनीको सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने बुटवल पावर कम्पनी परेको छ ।

प्रतिक्रिया