एडिबीको ऋण चाहिँदैन : नगर प्रमुख साम्पाङ

काठमाडाैं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(साम्पाङ) ले आगामी दिनहरूमा एडिबीको ऋण नलिने घोषणा गरेका छन् । खानेपानी तथा सरसफाइ मन्त्रालय, सिंहदरबार, काठमाडौंका नाममा आज पत्र लेख्दै मेयर साम्पाङ यस्तो घोषणा गरेका हुन् ।
उनले कम्तिमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकन चोटि मन्त्रालय धाएको स्मरण गराउँदै आर्थिक बर्ष २०८२/०८३ मा ४ करोड नेपाल सरकारले विनियोजन गरेको भन्ने जानकारी प्राप्त भयो तर बाँकीको पैसा सबै एडिबी बाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकोले देशलाई विदेशी ऋणको भारि बोकाएर उचित नहुने बताएका हुन् ।
धरान उपमहानगरपालिकाले पहिले लिएको एडिबीको ऋण समेत तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडी बढाउन र अन्यथा हामी आफै खोला खोल्सीको पानी जोडेर गुजारा गर्ने बताएका छन् ।
प्रतिक्रिया