बैंक लाइसेन्समा पनि समयसीमा तोक्ने बेला आयो –गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले जलविद्युत् आयोजना, टेलिकममा जस्तै बैंकको लाइसेन्सको पनि समयसीमा तोक्नुपर्ने आशय व्यक्त गरेका छन् ।
बिहीबार अर्थमन्त्रीको बैठकमा उनले बैंकको लाइसेन्सको प्रकृतिबारे प्रश्न उठाउँदै बैंकको लाइसेन्सको पनि निश्चित अवधि तोकिनुपर्ने बताएका हुन् ।
पौडेलले भने, ‘धेरैजसो लाइसेन्सहरूको आयु हुन्छ तर बैंकहरूको एक अर्थमा लाइसेन्सको आयु छैन । हामी नयाँ बैंकहरू पनि आउन दिइरहेका हुँदैनौं । त्यो अर्थमा बैंकको लाइसेन्स भनेको के हो रु भन्ने प्रश्न पनि उठिरहेको हुन्छ ।’
जलविद्युत आयोजनाको लाइसेन्स ३० वर्षको हुने र त्यसपछि सरकारको हुने र टेलिकमहरूको पनि त्यस्तै हुने तर बूंकको नहुने भन्दै उनले यदि लाइसेन्स अनन्तकालीन हो भने प्रतिष्पर्धा बढाउन बजार प्रवेशमा रहेका अवरोधहरू कम गर्नुपर्ने बताए । ‘नत्र लाइसेन्सको पनि निश्चित अवधि तोकिनुपर्छ’ पौडेलले भने ।
बैंकबाट ऋण पाउनु जनताको अधिकार हो भन्दै उनले यो मान्यतालाई स्थापित गर्नुपर्ने बताए । पौडेलले भने, ‘कसैसँग राम्रो परियोजना छ भने ऋण पाउनु उसको नैसर्गिक अधिकार हो ।’ बैंकहरूको संस्थागत सुशासनमा निर्मम हुनुपर्ने बेला आएको बताउँदै उनले जनताको सम्पत्ति र पैसा सुरक्षण गर्ने काम बैंकहरूले गर्नुपर्ने बताए ।
बैंकिङ प्रणालीमा रहेको ७० खर्ब रुपियाँ कसैको निजी सम्पत्ति मात्र नभई समग्र अर्थतन्त्रको स्रोत मान्नुपर्ने बताउँदै पौडेलले बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐन ९बाफिया०मा राखिएका व्यवस्थाहरू अन्तर्राष्ट्रिय अभ्यासहरूलाई ख्याल गरेरै ल्याइएको भए पनि थप छलफल गर्न आफू तयार रहेको बताए ।
प्रतिक्रिया