सवारी दुर्घटनामा दुई जनाको मृत्यु
नेपालखोज
२०८२ असार १९ गते १७:५६

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित सडकमा बा.७४ प ४००५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–८ भेटघाट चोक बस्ने ७० वर्षीय कुल बहादुर आचार्यको बुधबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीको पोखरा महानगरपालिका–२९ भण्डारढिकस्थित सडकमा ग.१ प १९९ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय बुद्धि बहादुर परियारको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रिय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया