शुक्रबार, असार २०, २०८२

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

नेपालखोज २०८२ असार २० गते ८:४८

लम्की (कैलाली) । बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गरेकी छिन् ।

दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गरेकी हुन् । पटक–पटक गरी २० हजारदेखि दुई लाखसम्म ऋण लिई उनले व्यवसाय विस्तार गरिन् । हाल वर्षमा छ पटक चल्ला बेचेर हरेक पटक ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको उनले बताूइन् ।

सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उनले जानकारी दिइन् । रासससँग सङ्क्षिप्त कुरा गर्दै उनले लगनका साथ काम गरेमा सफलता हासिल हुने बताइन् । विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उनले सुझाइन् । सहकारीको सहयोगको पनि उनले सराहना गरिन् ।

प्रतिक्रिया