शुक्रबार, असार २०, २०८२

आजदेखि बागमती प्रदेशसभामा बजेटमा छलफल हुँने

नेपालखोज २०८२ असार २० गते १०:२६

काठमाडाैं । बागमती प्रदेशसभाको आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ ।

सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै आज बिहान ११ः०० बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ ।

प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय प्रदान गरिने कार्यसूची छ ।

सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेपछि बिहीबार साँझदेखि प्रदेशसभाको बैठक सञ्चालन भएको हो । बिहीबारको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समसामयिक विषयमा मन्तव्य व्यक्त गरेका थिए ।

प्रदेश सरकारले आगामी आवका निम्ति ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रूपैयाँको बजेट प्रस्तुत प्रस्ताव गरेको छ ।

प्रतिक्रिया