शनिबार, असार २१, २०८२

अपाङ्गता भएकालाई सहायता सामग्री सहयोग

नेपालखोज २०८२ असार २१ गते १३:५०

पाल्पा । पाल्पाको रामपुरमा बसोबास गर्ने अपाङ्गता भएका नागरिकलाई सहायता सामग्री उपलब्ध गराइएको छ । रामपुर नगरपालिकाले यहाँका ५९ जना अपाङ्गता भएकालाई विभिन्न सहायता सामग्री प्रदान गरेको हो ।

नगरपालिकाले उनीहरुलाई पाँच वटा ह्विलचियर, १० थान वैशाखी, ३४ थान लौरी, सात थान चस्मा, तीन वटा एयरफोन हस्तान्तरण गरिएको अपाङ्गता क्षेत्र संरक्षण समिति संयोजक जगन्नाथ कँडेलले जानकारी दिए ।

अपाङ्गता भएका नागरिकको जीवनयापनमा थप सहजता प्रदान गर्न उनीहरुको माग र आवश्यताअनुसार नगरपालिकाबाट सहायता सामग्री वितरणका लागि विनियोजन दुई लाख रुपैयाँ रकमबाट विभिन्न सामग्री प्रदान गरिएको अध्यक्ष कँडेलले जानकारी दिए ।

नगरपालिकाले दशवटै वडाका नागरिकलाई समेटेर सामग्री प्रदान गरेको छ । अपाङ्गता भएकाले अन्यलाई आगामी वर्षमा सामग्री वितरण गरिने नगर प्रमुख रमणबहादुर थापाले बताए ।

प्रतिक्रिया