शनिबार, असार २१, २०८२

युवालाई साथमा लिएर अघि बढ्ने छैँ : अध्यक्ष दाहाल

नेपालखोज २०८२ असार २१ गते १५:४८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले युवाहरुलाई साथमा लिएर अघि बढ्ने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादीले क्रान्तिको झण्डा उठाउदा युवाहरु र संगीतले महत्वपूर्ण भूमिका खेलेको भन्दै अव पनि युवाहरुलाई साथमा लिएर अघि बढ्ने बताए ।

भूमिगत रुपमा क्रान्तिको तयारी गर्दा भाषण, दर्शन र सिद्धान्तले भन्दा गीत र संगीतबाट जनतालाई उत्साहित गर्न सफल भएको उहाले स्मरण गरे । प्रचण्डले आगामी निर्वाचनको लडाईमा पनि संगीतको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कलाकार बाबा पाख्रिन लगाएतलाई प्रचण्डले माओवादी प्रवेश गराएका थिए ।

प्रतिक्रिया