टिभिएसको दशैं स्किम: शुन्य प्रतिशत ब्याजदरमा खरिद सुविधा
काठमाडौं । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले “टिभिएस दशैंको आशा” योजना प्रारम्भ गरेको छ । उक्त योजना अनुरुप ग्राहकहरुले नगद र पुरस्कारहरु जित्ने बहु–अवसरहरु प्राप्त गर्नसक्ने छन् ।
उक्त योजना अन्तर्गत कुनै पनि एक मोटरसाइकलको खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरमा ७००० वा शुन्य प्रतिशत ब्याजदरमा सम्बन्ध खरिद गर्ने सुविधा ल्याएको छ । साथै बम्पर उपहारका रूपमा हरेक हप्ता एक जनाले आर आर ३१० जित्ने अवसर पाउनेछन् । बम्पर उपहार योजना अन्तरगत भाग लिनको लागि जो कोहीले पनि फारम भरेर आर आर ३१० जित्ने अवसर प्राप्त गर्नसक्ने छन् ।
दशैं तिहार स्किम योजना शुभारम्भ समारोहमा जगदम्बा मोटर्स प्रा.लि.का प्रवन्ध निर्देशक साहिल अग्रवालले भने,े “जब हाम्रा उपभोक्ता महानुभावहरुको जीवनमा केही मुल्य थप्ने समय आउँछ, हामी सधैं केही नयाँ नवीनतम विचारका साथ प्रस्तुत हुने गर्दछौं ।” उनले थपदै भने “हामीेले यो योजना लिएर यसकारण उपस्थित भएका छौं कि हामी सम्पूर्ण नेपालीहरुको महान चाडको अवसरमा उनीहरुको जीवनमा अझ बढी आशा थप्न सफल हुनेछौं” ।
जग्दम्बा मोटोर्सको ११० देखि ३१० सिसि सम्मको गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आर टि आर १६०, अपाचे आर टि आर २००४ भि,अपाचे आर आर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिककोको बिबिधता रहेको, बिक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्ध गराएर उपभोक्तालाई सन्तुष्टि दिएको टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको दाबी गरेको छ ।
प्रतिक्रिया