आईपीएल २०२० : आज रोयल्स र चेन्नई सुपर किङ्ग्स भिड्दै
नेपालखोज
२०७७ असोज ६ गते १९:१४
एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजेपछि सुरु हुनेछ ।
महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चेन्नईलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
पछिल्लो पाँच भेटमा भने राजस्थानले चेन्नईविरुद्ध एकमात्र जित निकालेको छ । अघिल्लो संस्करणको दुई भेटमा चेन्नईले राजस्थानलाई हराएको थियो । राजस्थानलाई प्लेइङ–११ छान्न चिन्ता थपिँदा चेन्नई भने पहिलो खेलकै प्लेइङ–११ का साथ मैदानमा उत्रने सम्भावना छ ।
सम्बन्धित
प्रतिक्रिया