मंगलबार, वैशाख १८, २०८१

महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा

नेपालखोज २०७७ असोज ९ गते १५:४२

काठमाडौं । महालक्ष्मी विकास बैंकले गोलबजारमा नयाँ शाखा खोलेको छ । बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यले शाखा सञ्जाल विस्तार गर्दै आएको र सोही क्रममा आज शुुक्रबार सिराहा जिल्लाको, गोलबजार नगरपालिका वडा नम्बर ४,गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ ।

बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरि १०३ वटा शाखाबाट करिब ५ लाखभन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ । ग्राहकहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन बैंक सदा प्रयासरत रहेको जनाएको छ ।

प्रतिक्रिया