मंगलबार, असार १७, २०८२

कोरोना अपडेट : आज १ हजार ४५५ जना कोरोना संक्रमित डिस्चार्ज

नेपालखोज २०७७ असोज ९ गते १९:०६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३१३ जना नँया संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार २६२ नमुना परिक्षणमध्ये १ हजार ३१३ जनाम संक्रमण देखिएको हो ।

योसँगै संक्रमितको कूल संख्या ७० हजार ६१४ पुगेको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको जानकारी दिए ।

प्रतिक्रिया