कोरोना संक्रमण हुने स्वास्थ्यकर्मीको संख्या बढ्दै
काठमाडौं । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यका केन्द्रित भएको छ । देशभर संक्रमण भएको संख्याको आधा भन्दा धेरै संख्या काठमाडौं उपत्यकामा मात्र रहेका छन् ।
बागमती प्रदेशमा कोरोना भाइरस संक्रमण हुने स्वास्थ्यकर्मीको सख्या पनि बढी रहेको छ । बागमती प्रदेशमा अहिले ३ हजार ४ सय ६ जना स्वास्यकर्मी कार्यरत रहेका छन् । जसमा कोरोना संक्रमण हुने स्वास्थ्यकर्मीहरुको सख्या १ हजार २ सय ४८ जना रहेको छ ।
यो सख्या बागमती प्रदेशमा रहेको जम्मा स्वास्थ्यकर्मीहरु संख्याको एक तिहाइ भन्दा बढी हो । प्रदेशको सबै भन्दा बढी संक्रमण काठमाडौं उपत्यकामा देखिएको छ । काठमाडौंमा मात्र ८ सय ६२ जना स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएका छन् । त्यस्तै ललितपुरमा १ सय १५ र भक्तपुरमा ७१ जना संक्रमित भएका छन् ।
चितवनमा अहिले सम्म १ सय ३३ जना, धदिङमा ५ जना संक्रमित भएका छन् । रसुवामा १ जना, रामेछापमा २ जना र सिन्धुलीमा ४ जना काभ्रेमा ४२ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।
त्यस्तै नुवाकोटमा ३ जना, मकवानपु्रमा ७ जना र दोलखामा ३ जना संक्रमण भएका छन् । सिन्धुपाल्चोकमा अहिलेसम्म कुनै पनि स्वास्थ्यकर्मी संक्रमित भएका छैनन् ।
प्रतिक्रिया