शुक्रबार, वैशाख १२, २०८२

आइपीएल २०२० : दिल्लीविरुद्ध हैदरवादको जीत

नेपालखोज २०७७ असोज १४ गते ९:१७

एजेन्सी । इण्डिन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सविरुद्ध सनराइजर्स हैदराबाद विजयी भयो । अबुधावीमा खेलिएको खेलमा दिल्लीविरुद्ध हैदरावाद १५ रनले विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । हैदराबादले दिएको १ सय ६३ रनको विजय लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ७ विकेटको गुमाउँदा १ सय ४७ रन मात्र बनाउन सक्यो । उनलाई जीतका लागि १५ रन कम भयो ।

हैदराबादका लागि जोनी बेयर्स्टोले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ । छैटौं स्थानमा रहेको हैदराबाद अघिल्ला दुई खेलमा पराजित भएको थियो । पहिलो खेलमा हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा हैदराबाद कोलकत्ता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीको यो पहिलो हार हो ।

अघिल्ला दुई खेलमा दिल्ली अपराजित रहेको थियो । दिल्लीले पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो । दोस्रो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ४४ रनले हराएको थियो । बुधबार साँझ दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राइडर्सको सामना गर्नेछ ।

प्रतिक्रिया