उपत्यकामा काेराेना संक्रमित वढ्दै, मृत्यूदर पनि उच्च हुने
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्पट नै बनेको छ । सुरुका दिनहरुमा मानिस केन्द्रित बनेपछि काठमाडौं उपत्यकामा संक्रमणदर सामान्य थियो । तर लकडाउन खुला भएपछि गाउँघरका मानिस उपत्यका फर्किएसँगै यहाँ संक्रममणदर पनि ह्वात्तै बढेको हो । पछिल्ला दिनहरुमा देरभरमा सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौं उपत्यकामा देखिने गरेका छन् । संक्रमण फैलिएको सुरुवाति चरणमा बिरगञ्जलाई कोरोनाको हटस्पटका रुपमा लिइएपनि पछिल्लो समय भने तराईका जिल्लामा संक्रमितको संख्या घटिरहको छ तर उपत्यकामा भने संक्रमणको ग्राफ निरन्तर बढ्दो छ ।
पछिल्लो साताको तथ्यांकअनुसार कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी उपत्यकाकै रहेका छन् । संक्रमण दर औसतमा करिब १४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । उपत्यकामा संक्रमणको जोखिम अत्याधिक रहेको र राज्यले नियन्त्रणको नयाँ नीति नलिने हो भने संक्रमण दर मात्र नभएर मृत्युदर पनि बढ्ने जनस्वास्थ्यविद् डा. शेरबहादुर पुनको भनाइ छ । उनले भने, ‘पछिल्लो समय उपत्यकामा जसरी कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ त्यहि रफ्तारमा संक्रमित बढ्दै जाने हो तर सरकारले नियन्त्रणको नयाँ नीति लिदैँन भने संक्रमणदर मात्रै होइन यहाँ मृत्युदर पनि बढ्नेछ ।’
नयाँ संक्रमित मात्र नभएर सक्रिय संक्रमित पनि देशभरको आधाभन्दा बढी उपत्यकामा रहेका छन् । तर, दैनिक थपिने संक्रमितको तुलनामा संक्रमणमुक्त हुनेहरुको सङ्ख्या निकै कम छ । यसले कोरोना महामारी लामो समय जाने संकेत दिएको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । जनस्वास्थ्यका मापदण्ड पालना नभएको र भिडभाड बढी भएको ठाउँमा संक्रमणदर घटाउन गाह्राे पर्ने उनीहरुको तर्क छ । आम नागरिक आफैले अनुसाशन पालना नगरेकाले महामारी लामो समय रहने देखिएको सरुवारोग अस्पतालका सरुवारोग बिशेषज्ञ तथा जनस्वास्थविद् डा. शेरबहादुर पुनले बताए ।
देशभरको तथ्यांक केलाउँदा मृत्युको सङ्ख्या पनि काठमाडौं उपत्यकामा नै बढी छ । सरकारी तथ्यांकअनुसार देशभर ४ सय ९८ संक्रमितको मृत्यु हुँदा १३७ जना उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म कोरोना संक्रमण समुदायमा गइसकेको भनेर औपचारिक रुपमा स्वीकार गरेको छैन् । तर भने अनुसार टेस्ट, आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङमा भएको कमजोरीका कारण उपत्यकामा समुदायमा संक्रमण पुगिसकेको पुनको दावी छ ।
सरकारले बारम्बार जनचेतनाका लागि भन्दै स्वास्थ्य सन्देशहरु जारी गरिरहेको छ । स्वास्थय मापदन्ड पालना नगर्नेलाई कार्वाही गर्ने चेतावनी पनि दिँदै आएको छ । कोरोनाको महामारीसँग हामी लामो समयदेखि जुधिरहेको हुँदा आम नागरिक आफैलाई पनि संक्रमणबाट जोगिने जानकारी भएपनि व्यावहारमा भने लागु नगरेको देखिन्छ । जनस्वास्थका मापदण्ड जनताले किन पालन गरेनन भन्ने पत्ता लगाएर यो बृहत महाअभियानमा लैजानु पर्ने र संक्रमण रोक्न लक्ष्य नै तय गरि अगाडि बढ्नुपर्ने जनस्वास्यविद् पुनको धारणा छ । उनले भने, ‘यो नीतिले भएन् । जनस्वास्थका मापदण्ड जनताले किन पालन गरेनन् भन्ने कुरा पत्ता लगाएर यो बृहत महाअभियानमा लैजानु पर्छ भने संक्रमण रोक्न लक्ष्य नै तय गरि अगाडि बढ्नु पर्छ ।’
उपत्यका देशभरका मानिसहरुको आवतजावत गर्ने प्रमुख थलो हो । यहाँ मानिस विभिन्न प्रयोजनका लागि आउने गर्दछन् । जस्तै :अध्ययनका गर्नका लागि, जागिर खान, वैदेशिक रोजगारीलगायतका प्रयोजनका लागि आउने गरेका छन् । भने कतिपय कार्य गर्न उपत्यका नै आउनुपर्ने बाध्यता हुन्छ । यसरी उपत्यकामा मानिसको चहलपहल बढी भएर पनि संक्रमण बढेको हो । यसरी संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भएर भयाभह स्थितिमा पुग्नै लाग्दासमेत महामारी नियन्त्रमा भरपर्दो नीति अवलम्बन गर्न नसकिएको गुनासो छ । जनस्वास्थ्यविद्ले भने जस्तै अबपनि महामारी नियन्त्रणमा नयाँ नीति नअपनाउने हो भने अझैपनि ठुलो दुर्घटना निम्तिन सक्ने आंकलन छ । तसर्थ संक्रमणदर फैलिएर भयाभह स्थिति सृजना हुनुभन्दा पहिला सम्बन्धित पक्षले यसतर्फ बेलैमा ध्यान दिने की ?
प्रतिक्रिया