आइतबार, असार २२, २०८२

कीर्तिपुरमा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

नेपालखोज २०७७ असोज १८ गते १३:५५

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका ९ हनुमानघाटस्थित संगीता श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा कीर्तिपुर नगरपालिका ४ मच्छेगाउँ बस्ने २६ वर्षीय मनिष खतिवडा सहित ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । संगीताको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५० हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालीका १३ राजपुरस्थित महाकाली फर्निचर उद्योगमा तास खलिरहेको अवस्थामा ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका १३ बस्ने ५० वर्षीय दिवाकर पाण्डेय, ३४ वर्षीय पुष्कर दत्त पन्त, ३२ वर्षीय नरेश बोहरा, ५८ वर्षीय खिरुराम राना, ३० वर्षीय धिरज साउद, ४३ वर्षीय राम बहादुर साउद र ६३ वर्षीय कृष्णानन्द गिरी रहेका छन् । उक्त उद्योगमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६१ हजार ३ सय ३० रुपैयाँ र २ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया