शुक्रबार, असार २०, २०८२

कोरोनाका कारण काँग्रेस पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईँको निधन

नेपालखोज २०७७ असोज २३ गते १९:३१

काठमाडौं । ९९ वर्षको उमेरमा नेपाली काँग्रेसका पुराना नेता रामबाबु प्रसाईंको निधन भएको छ । शुक्रबार दिउँसो उनको निधन भएको परिवारले जनाएको छ ।
प्रसाईंलाई उच्च ज्वरो र श्वासप्रश्वासको समस्या भएपछि चावहिलस्थित ओम अस्पताल भर्ना भएका थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

वि.सं. १९७८ मा ताप्लेजुङको हाङपाङमा जन्मिएका प्रसाईं पछिमात्र झापा झरेका थिए । वीपी कोइरालासँग प्रसाईं निकै नजिक थिए । नेपाली कांग्रेसलाई पाटी सञ्जालनमा आर्थिक संकट परेका बेला उनले सहयोग निकै सहयोग गर्ने गरेका थिए । झापामा निकै नै जमीन भएका उनले पार्टीको आर्थिक क्षेत्र बलियो बनाउने सहयोग गरेकै कारण त्यसबेला कोषाध्यक्षको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया