पछिल्लो २४ घण्टामा २ हजार ६३८ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो
नेपालखोज
२०७७ असोज २८ गते १६:४४
काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा देशभरबाट बुधबार २ हजार ६ सय ३८कोरोना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय ७४ निको भएका छन्। भने, १२ जना संक्रमितले ज्यान गुमाएका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार अहिले देशभर ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित छन्। अहिले सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ७५ पुगेको उनले बताए।
सम्बन्धित
प्रतिक्रिया