आइतबार, असार २२, २०८२

कात्तिक २ गतेदेखि ललितपुरमा अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित

नेपालखोज २०७७ असोज ३० गते २१:१४

ललितपुर । काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोरोना भाइरस संक्रमण फैलिएकाले ललितपुरमा कात्तिक २ गतेदेखि अत्यावश्यकबाहेकका सेवा प्रवाह स्थगित गर्ने भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी), सबै सरोकारवाला निकायसँगको छलफल, परामर्श एवं निष्कर्षका आधारमा अनिश्चितकालका लागि सार्वजनिक सेवा प्रवाह स्थगित गर्ने निष्कर्ष निकालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले शुक्रबार सूचना जारी गर्दै कोभिड-१९ को संक्रमण दर अत्यधिक बढिरहेकोले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालहरुमा भीडभाड भइ सेवाग्राहीमा संक्रमणले भयावह रुप लिन सक्ने भन्दै कात्तिक २ गतेबाट अर्को सूचना नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यकबाहेक सेवाप्रवाह स्थगित गरिने जानकारी गराएका हुन् ।

‘कोभिड १९ को संक्रमणले भयावह रुप लिन सक्ने अवस्थालाई मध्यनजर गरी जिल्ला कोभिड-१९ संक्ट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेत सँगको छलफल, परामर्श एवं निष्कर्षका आधारमा मिति २०७७र०७र०२ गतेबाट अर्को सूचना नभएसम्मका लागि यस जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका सेवाप्रवाह स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।

प्रतिक्रिया