अक्षयको फिल्म ‘लक्ष्मी बम’को नाम फेरियो
एजेन्सी । बलिउडमा सबैभन्दा बढी फिल्म खेल्ने अभिनेताको रुपमा परिचित नायक हुन अक्षय कुमार । तिनै अक्षय कुमारद्वारा अभिनित चलचित्र ‘लक्ष्मी बम’ को नाम परिवर्तन गरिएको छ । केहि समय पहिले ‘लक्ष्मी बम’को ट्रेलर सार्वजनिक गरिएको थियो । जसमा लभ जिहादलाई बढावा दिएको भन्दै विवाद भएको थियो ।
त्यहि विवादका बीच फिल्म निर्माण टिमले फिल्मको नाम नै परिर्वतन गरेका छन् । अब यो फिल्मको नामा ‘लक्ष्मी’ राखिएको छ । यो फिल्म अर्को महिना ओटीटीमा रिलिज हुँदैछ । फिल्म निर्माण टिमलाई श्रीराजपुत करणी सेनाले एक कानुनी नोटिस पनि पठाएको थियो ।
नोटिसमा फिल्मको नाम बदल्न माग गरिएको थियो । कानुनी नोटिसमा माता लक्ष्मीको नाम बमसँग जोडेर लक्ष्मीको अपमान गरिएको दावी गरिएको थियो । यो फिल्म २०११ मा आएको तमिल फिल्म कंचनाको रिमेक हो ।
फिल्मको नामको विषयमा निर्देशक राघव लरेन्सले भने, ‘तमिल फिल्मको नाम फिल्मको मुख्य पात्र कंचनाको नामबाट राखिएको थियो । कंचनाको अर्थ सुन हुन्छ जसको माता लक्ष्मीसँग सीधा सम्बन्ध हुन्छ ।’
प्रतिक्रिया