आइतबार, वैशाख २३, २०८१

पहिलो बच्चा जन्मिएको २६ दिनपछि जुम्ल्याहा बच्चा जन्मिएपछि…

नेपालखोज २०७७ कार्तिक १९ गते १५:३४

एजेन्सी । बंगलादेशको एकजना महिलाले एक छोरा जन्माएको झण्डै एक महिनापछि अरू जुम्ल्याहा बच्चालाई जन्म दिएको डाक्टरहरूले जानकारी दिएका छन्।

२० वर्षीया आरिफा सुल्तानाले फेब्रुअरीको अन्तिममा पहिलो बच्चा जन्माएकी थिइन्। त्यसको २६ दिनपछि पुन पेट दुख्न थालेपछि उनलाई अर्को अस्पतालमा भर्ना गरिएको थियो।उनकाे २ वटा पाठेघर रहेकाे डाक्टरहरूले बताएका थिए । डाक्टरहरूले उनी अझै गर्भवती रहेको र उनको अर्को पाठेघरमा जुम्ल्याहा बच्चा रहेको फेला पारेका थिए।

तत्कालै सिजरिङ विधिबाट ती जुम्ल्याहालाई जन्म दिइएको हो। पछि जन्मेका दुवै शिशु र आमाको स्वास्थ्य अवस्था सन्तोषजनक रहेकाले तिनीहरूलाई केही दिनमै अस्पतालबाट डिस्जार्च गरिएको थियो। एक विकट गाउँ निवासी सुल्तानाले पहिलो बच्चालाई खुल्ना जिल्लाको खुल्ना मेडिकल कलेज हस्पिटलमा जन्म दिएकी थिइन्।

दोस्रोपटक २१ मार्चमा जेस्सोरे जिल्लाको एड–डिन अस्पतालमा पुर्याइएका उनको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सेइला पाडारले शल्यक्रिया गरेकी थिइन्। डाक्टर पोदारले आफूले पहिले कहिल्यै यस्तो घटना नदेखेकाले निकै आश्चर्य लागेको बताएकी छिन्। उनले सुल्तानको पति निकै गरिब भएकाले उनको पहिले अल्ट्रासाउन्ड नगरिएको बताएकी छिन्।

स्त्रीरोग विशेषज्ञका अनुसार महिलामा दुईवटा पाठेघर हुनु कुनै असामान्य घटना नभएको बताउँछन्।

प्रतिक्रिया