तिहारमा थप सुरक्षा व्यवस्था कडा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक चेकिङ थप कडा बनाउने भएको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर सुरक्षा व्यवस्था थप कडा गर्न लागिएको हो । महाशाखाले दशैं, तिहार र छठ पर्वमा हुन सक्ने दुर्घटना तथा ठगी नियन्त्रण गर्न विषेश सुरक्षा योजना नै लागू गरेको छ ।
त्यसै अन्तर्गत तिहार नजिकिएकाले थप प्रहरी सक्रिय बनाएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । तिहारमा मादक पदार्थ सेवन गरेर सवारी चलाउन सक्ने आशंकामा प्रहरीले दिउँसो पनि मापसे चेकिङ गर्ने भएको छ ।
यस्तै महाशाखाले दशैं तथा तिहार लक्षित सुरक्षामा योजनाको लागि ७ सय ४९ प्रहरीको जनशक्ति थप गरेको छ । अन्य समयमा हुने चेकिङ प्वाइन्टहरु पनि थप गरिएको एसएसपी ढकालले जानकारी दिए ।
ट्राफिक प्रहरीले अहिले पनि जोरबिजोर प्रणाली लागू गरे नगरेको सडकमा चेकिङ गरिरहेको छ । त्यसैगरी बस तथा टिकट काउन्टरमा यात्रुहरु माथि हुने ठगी नियन्त्रण गर्ने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया