कोरोना तैले यो के गरिस् ?

कोरोना तैले यो के गरिस् ?
न घरको बनाईस, न घाटको बनाईस्
एकाएक आफन्तहरुसँग सम्वन्ध छुटाईस्
आफू मस्त लिँदै तैले अरुलाई एक्लो बनाईस् ।
कोरोना तैले यो के गरिस् ?
विश्वभर (अ)मानवहरुलाई आतंक मच्चाईस्
व्यक्ति व्यक्तिलाई त्रास देखाउँदै भगाईस्
चारखुुट्टेलाई खुलाएर दुई खुट्टेलाई बन्द गराईस्
चार पर्खालभित्र नाकमुख छोप भन्दै सताउनु सताईस्
कोरोना तैले मानवलाई किन तर्साइस ?
बाबुआमा, दाजुभाई, नातागोता सवलाई थकाईस्
छोराछोरी मात्र होइन अर्धाङ्गिनीसँग पनि टाढा बनाईस्
ठूलै पाप गरेजस्तै वन्द कोठाभित्र एक्लो बनाईस्
मुटु कपाउँदै, देश तर्साउन गरी किन रोगी बनाईस्
कोरोना तैले मलाई किन तर्साइस ?
नौरथाको जमरा होस् कि यमपञ्चकको मखमली बस्छु भन्दै
दशैंको आर्शिवाद, तिहारको टिकाबाट पनि टाढा गराईस्
साथीसँगीसँगको देउसी र भैलोमा पनि तैले गर्नु गराईस्
तेरो नाम कहिल्यै सुन्न नपर्ने (अ)मानवलाई बनाईस्
कोरोना तैले किन आफूलाई विचित्रको काल बनाईस् ?
सृष्टि आफैले गरे जस्तै गरी, कलियुगलाई नै तर्साइस्
शक्तिशाली भन्नेहरुलाई पत्तै नपाई डराउनु डराईस्
साँच्चै निर्दयी काल जस्तै बनेर ब्रम्हाण्ड नै आफ्नै बनाईस्
कोरोना तैले किन मानिसहरुलाई एक्लो–एक्लो बनाईस्
कोरोना तैले यो गरिस् घरभित्रै एक्ला–एक्लै लडाउनु लडाईस् ।
वैकुण्ठ भण्डारी
२०७७ कार्तिक २९ गते १२ः ३० बजे ।
प्रतिक्रिया