आइतबार, असार २२, २०८२

भक्तपुरमा एक महिला मृत फेला

नेपालखोज २०७७ मंसिर २६ गते ९:५५

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा अन्दाजी ३६ वर्षीया महिला मृतावस्थामा फेला परेकी छिन् ।

काभ्रे घर भएकी अन्तरीमाया थिङ चाँगुनारायण–४ फुलबारी स्थित डेरामा मृत फेला परेकी महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए ।

काठमाडौंमा मजदुरी गर्ने अन्तरीमायाले अत्यधिक मापसे गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शरीरमा चोटपटक नदेखिएको र मृत्युको यकिन कारण खुल्न नसकेको एसएसपी थापाले बताए ।

उनी बस्ने घरमा बस्ने केही व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिहेको छ ।

प्रतिक्रिया