मंगलबार, वैशाख १६, २०८२

सुनको मूल्यमा गिरावट

नेपालखोज २०७७ पुष ८ गते ११:१२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला ९ सयले गिरावट आएको छ ।

मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार ९ सय रहेको थियो । भने आज तोलामा ९ सयले कमि आइ प्रतितोला सुन ९४ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ५ सय रहेको छ ।

बुधवार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले गिरावट आएको छ । मंगलवार प्रतितोला चाँदीको मूल्य १३ सय १५ रहेको थियो । त्यस्तै आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १२ सय ६५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया