आइतबार, वैशाख १४, २०८२

युवा लक्षित “युथ म्युजिक कन्टेस्ट २०२१” को प्रायोजन सिभिल बैंकले गर्ने

नेपालखोज २०७७ पुष १६ गते १८:२३

काठमाडौं । दया फाउन्डेसनले नयाँ वर्षको अवसर पारेर युवाहरुलाई लक्षित गर्दै “युथ म्युजिक कन्टेस्ट २०२१” नामक साङ्गितीक प्रतिस्प्रधात्मक कार्यक्रमको आयोजन गर्दैछ, जसको मुख्य प्रायोजक सिभिल बैंक लिमिटेड रहेको छ । यस प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम, दोश्रो तथा तेश्रो पुरस्कार २५ हजार, १५ हजार १० हजार रुपैयाँ पाउने छन् ।

यो कार्यक्रममा १५ वर्षदेखि २८ वर्षसम्मका युवाहरुले सहभागी हुनपाउने छन् । इच्छुक प्रतियोगीहरूले मोवाइल एप्लिकेशनहरु जस्तै स्टार मेकर, स्म्युल, इत्यादि अथवा आफैले वा समूहमा वाद्ययन्त्र बजाएर गाईएको गीत (अधिकतम लम्बाइ ५ मिनेट सम्मको) “युथ म्युजिक कन्टेस्ट २०२१” फेसबुक ग्रुपमा अपलोड गर्नु पर्नेछ ।

प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्ने छन् । यद्दपी नेपालको विभिन्न मौलिक भाषामा गाईएका गीतलाई भने प्राथमिकता दिइनेछ । नयाँ प्रतिभावान युवा गायक तथा गायिकाहरुलाई प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको हुँदा नव प्रतिभाहरुलाई बिशेष प्राथमिकताका साथ सहभागिताका लागि आव्हान गरिएको छ ।

पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिकसम्म गर्नु पर्नेछ । निर्णायक मण्डलद्वारा गायकीको स्तर मापन पश्चात जनवरी १५ तारिकमा कुल २१ प्रतिस्पर्धीहरुको छनौट गरिनेछ । ती २१ प्रातिस्पर्धीहरुले दोस्रो चरणको गीत जनवरी १८ तारिकसम्म अपलोड गरिसक्नु पर्नेछ ।

अन्तिम चरणमा “युथ म्युजिक कन्टेस्ट २०२१” का विजेताहरूको घोषणा ७० प्रतिसत “युथम्युजिक कन्टेस्ट २०२१” को फेसबुक ग्रुपमार्फत प्राप्त लाईकको आधारमा र ३० प्रतिसत निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा गरिनेछ ।

दया फाउन्डेसनको तीन मुलभूत उद्देश्य शिक्षा, स्वास्थ्यतथा संस्कृति मध्ये यो कार्यक्रमले नेपाली संस्कृतिलाई योगदान पु¥याउने कुरा दया फाउन्डेसनका संस्कृती क्षेत्रका संयोजक नीभा माथेमा प्रधानले बताईन । हाल कोरोनाको कहरको कारणले गर्दा युवाहरु माझ ब्याप्त मानसिक तनाबलाई न्यूनिकरणका लागि पनि यो सांगीतिक कार्यक्रमको आयोजना गरिएको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताए ।

प्रतिक्रिया