विप्लवका काठमाडौं जिल्ला इन्चार्ज घिमिरे पक्राउ
नेपालखोज
२०७७ पुष २४ गते १४:४५

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को काठमाडौं जिल्ला इन्चार्ज भिमसेन घिमिरे (विपिन) पक्राउ परेका छन् ।
घिमिरेलाई विशेष ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । लामो अनुसन्धानपछि बुधबार ब्यूरोको टोलीले घिमिरेलाई पक्राउ गरेको थियो । घिमिरेको पक्राउ भने प्रहरीले अहिलेसम्म गोप्य राखेको छ । स्रोतका अनुसार उनीमाथि महानगरीय प्रहरी परिसर काठमाडौंबाट चन्दा ऐन २०३० अन्तर्गतको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
उनीबाट चन्दा संकलनका रसिद, लेटरप्याड, डायरीलगायत बरामद भएको छ । यसअघि विशेष ब्यूरोले नै विप्लवका आर्थिक विभाग प्रमुख प्रेमबहादुर दर्नाल (विकल्प)लाई पक्राउ गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया