मंगलबार, वैशाख १८, २०८१

गृहमन्त्रीले संसदीय समितिलाई भने भारतले ३ सय ७२ किलोमिटर सीमा मिच्यो

नेपालखोज २०७६ मंसिर २७ गते १३:४२

मंसिर २७ काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले भारतले ३ सय ७२ किलोमिटर सीमा मिचेको बताएका छन् । संसद्को‌ अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार उनले भारतले सिमा मिचेको बारे यस्तो बताएका हुन् । उनले भारतसँगको १८०० किलोमिटर खुला सीमा सुरक्षाका लागि ३७ हजार सशस्त्र प्रहरी खटिए पनि यो पर्याप्त नभएको    बताए ।

उनले भने ‘भारतले सीमामा सुरक्षाकर्मी थप गरेको छ, हरेक किलोमिटरमा उसको सुरक्षा बल तैनाथ छ । त्यसमा पनि गोर्खा राइफल्सलाई खटाएको छ ।हाम्रो भने २५—३० किलोमिटरको दूरीमा सुरक्षा तैनाथ छ । ’त्यसैले नेपालले पनि सुरक्षा बल विस्तार गर्दै ७० वटा नयाँ पोस्ट थप्ने योजना रहेको मन्त्री थापाले जानकारी दिए ।

सोही समितिको आजको बैठकमा भूमी सुधार मन्त्री पद्या अर्याल पनि उपस्थित थिन् । समितिमा उनले हालको नेपालको नक्सामा त्रुटी रहेको स्विकार गर्दै लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने बताइन् ।

प्रतिक्रिया