मंगलबार, वैशाख १८, २०८१

कोरोनाको खोप आइपुग्यो काठमाडौं

नेपालखोज २०७७ माघ ८ गते १२:२४

काठमाडौं । लामो समयदेखि प्रतिक्षामा रहेको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ ।

बिहीबार मध्यान्न १२ बजे एयर इन्डियाको विमानबाट खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। यससँगै नेपालीहरुको खोपको प्रतिक्षा समाप्त भएको छ ।

अबको केही समयपछि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।

भारतले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराएको हो ।

प्रतिक्रिया