मंगलबार, वैशाख १८, २०८१

प्रचण्ड-माधव समूह बरफ पग्लिए जसरी पग्लिएर सकिन्छन् : प्रधानमन्त्री ओली

नेपालखोज २०७७ माघ १४ गते १८:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव समूह बरफ पग्लिए जसरी पग्लिएर सकिने बताएका छन्।

बुधबार आफू निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउँदो चुनावमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको १० सिट पनि नआउने दाबीसमेत गरेका छन् ।

उनले प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी पनि गरेका छन् । नागरिकले प्रचण्ड–माधव समूहलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफूहरूको भएको दावी गरेका छन् । विगतमा पार्टी र सरकार चलाउन नदिइ खुट्टा तानिएको भन्दै उनले आउँदा दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढङ्गले चलाइ पार्टीलाई एक ढिक्का बनाइ अघि बढाउने पनि बताए ।

प्रतिक्रिया