मंगलबार, वैशाख १८, २०८१

नेप्सेमा १६ अंकले गिरावट, नेप्से घटेपनि झण्डै १० अर्बको कारोवार

नेपालखोज २०७७ माघ १५ गते १५:४५

काठमाडौं । अघिल्लो दिन १९ दशमलव ७६ अंकले बढेर आठ अर्ब रुपैयाँको कारोवार भएको नेप्सेमा साताको अन्तिम कारोवार दिन आज (बिहिबार) नेप्से घटे पनि कारोवार रकम भने बढेको छ ।

नेप्से आज १६ दशमलव ५५ अंकले घटेर २४ सय २५ दशमलव २९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३२ अंकले घटेर चार सय ४२ दशमलव छ अंकमा पुगेको छ । नेप्सेमा दुई सय नौ वटा कम्पनीहरुको ८२ हजार तीन सय ५२ पटकको कारोवारमा दुई करोड २१ लाख ५३ हजार नौ सय ८१ कित्ता सेयर किनबेच हुँदा कुल कारोवार रकम नौ अर्ब ८९ करोड ८४ लाख ५६ हजार एक सय २८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समुहको सुचक ४१ दशमलव आठ अंकले घटेर १७ सय ११ दशमलव ६३ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ४२ दशमलव ४७ अंकले घटेर १७ हजार आठ सय २७ दशमलव ६९ अंकमा पुगेको छ ।

यि बाहेक बिकास बैंक, जलबिद्युत, ट्रेडिङ, होटल, फाईनान्स, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेका छन । निर्जिवन बीमा समुहको सुचक भने आज चार सय १० दशमलव ३९ अंकले बढेर १२ हजार पाँच सय ६२ दशमलव १६ अंकमा पुग्दा उत्पादन मुलक र लघुबित्त समुहको सुचक पनि बढेका छन् ।

आज सुर्योदय लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर १७ सय २७ रुपैयाँमा कारोवार हुँदा सिद्धार्थ इक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य छ दशमलव ७८ प्रतिशतले घटेर ११ रुपैयाँमा कारोवार भएको छ । आज पनि नेपाल लाईफ इन्स्योेरेन्स कम्पनीको प्रतिकित्ता २३ सय ४९ रुपैयाँ अन्तिम मुल्यमा ५६ करोड ६३ लाख ९८ हजार नौ सय ९१ रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया