शुक्रबार, वैशाख १२, २०८२

भारतीय मिडियाले प्रयोग गर्न थाले नेपालको संशोधित नयाँ नक्सा

नेपालखोज २०७७ माघ २६ गते १४:४३

काठमाडौं । नेपालले निशान छापमा संशोधन गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नक्सा लागू गरिसक्दा समेत भारतीय पक्षले नक्सालाई अस्वीकार गर्दै आएको छ ।

भारतीय सरकारी पक्षले अस्वीकार गरेपनि भारतीय मिडियाले नेपालको चुच्चे नक्सा प्रयोग गर्न थालेका छन् ।

भारतको उत्तराखण्डमा हिमताल भत्किएर जनधनको क्षति भएपछि नेपालको परराष्ट्र मन्त्रालयले दुःख व्यक्त गरेको सूचना सम्प्रेषण गर्दै भारतीय न्युज एजेन्सी एएनआईले चुच्चे नक्सा सहितको निशानछाप प्रयोग गरेको छ ।

परराष्ट्र मन्त्रालयले आइतवार ट्विटरमार्फत बाढीले धेरै व्यक्तिको मृत्यु र हराएको खबरले दुःखी बनाएको जनाएको थियो । मन्त्रालयले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै हराइरहेकाहरूको ज्यानको सुरक्षाका लागि प्रार्थना गरेको जनाएको थियो ।

प्रतिक्रिया