आइतबार, वैशाख १४, २०८२

आज मौसम सफा, भोलिदेखि हिमपातको सम्भावना

नेपालखोज २०७७ माघ २९ गते १०:४४

काठमाडौं । नेपालमा फेरि पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशभर मौसम सामान्यतया सफा छ भने तराई तथा पहाडका केही स्थानमा हुस्सुरकुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राती बागमती, गण्डकी र प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै भोलि शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पुर्वानुमान रहेको छ ।

प्रतिक्रिया