भारतले गर्यो खराब सुरुवात
नेपालखोज
२०७७ फागुन १ गते १३:१५

काठमाडौँ । इंग्ल्याण्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो खेलमा भारतको ओपनिक ज्यादै कमजोर छ । चेन्नेईमा टस जितेर ब्याटिङ सुरु गरेको भारतका महत्वपूर्ण व्याट्सम्याहरुले आशाजनक प्रस्तुति दिन सकेका छैनन् ।
कप्तान विराट कोहली खाता खोल्न नसकी आउट भए । उनलाई मोइन अलिले डकआउट गरेका हुन् । त्यसअघि ओपनिङ व्याट्सम्यान शुभमान गिल पनि खाता खोल्न नसकी पिचबाट फर्किए । चेतेश्वर पूजारा २१ रनमा आउट भए ।
लञ्च समयसम्म भारतले ३ विकेट गुमाएर १०६ रन बटुलेको छ । भारतका ओपनर ब्याट्सम्यान रोहित शर्माले भने अर्धशतक बनाएका छन् । उनलाई उपकप्तान आजिन्क्या रहाणेले साथ दिइरहेका छन् । इंग्ल्याण्डका ओल्ली स्टोन र ज्याक लिचले एक एक विकेट लिए ।
सम्बन्धित
प्रतिक्रिया