बिहीबार, असार १९, २०८२

जनयुद्धको नेतृत्व गर्ने प्रचण्ड ‘कुहिए’ : शंकर पोखरेल

नेपालखोज २०७७ फागुन १ गते १३:२५

बुटवल । लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनयुद्ध, जनयुद्ध लड्ने जनमुक्ति सेनाको बलिदानको अपमान गर्ने नेतृत्व अर्थात ‘प्रचण्ड’ कुहिएको आरोप लगाएका छन् ।

नेकपा ओली समूहमा स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले पूर्वजनमुक्ति सेनाका शिविरहरूमा भएका घोटालाको खोजी गर्न आग्रह समेत गरे ।

‘जति पैसा त्यसबेला घोटाला भएको थियो, त्यही बराबरको पैसा तपाईँहरूको कल्याणकारी कोषमा जम्मा गर्ने जिम्मा लिन म तयार छु’ उनले भने ।

शनिबार बुटवलमा आयोजित पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले जनयुद्ध, जनयुद्ध लड्ने जनमुक्ति सेनाको बलिदानको अपमान गर्ने नेतृत्व अर्थात ‘प्रचण्ड’ कुहिएको आरोप लगाएका हुन् ।

जनमुक्ति सेनाको सपनालाई धोका दिएको भन्दै पोखरेलले भने–‘जनयुद्धका कमाण्डरले तपाईँहरूको बारेमा सोच्नुभएन, आफ्नाबारेमा सोच्नुभयो, आफू शक्तिमा गएपछि तपाईँहरूलाई बिर्सिनुभयो । हामी त्यसो गर्ने छैनौँ ।’

प्रतिक्रिया